arrow

नेकपा बाँकेका नेता पुजनले कुटे पत्रकार संगिनलाई

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
journalist-sangin-sharma-be.gif

बाँके। नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा लगाएर बाँकेका पत्रकार संगिन शर्मालाई आईतबार कुटपिट गरि घाईते बनाएका छन्।

शर्माको अनुहारमा रगत वग्ने गरि आक्रमण भएको छ। कुटाइबाट शर्माको निधारमा चोट लागेको छ।लछारपछार गरि जथाभावी कुटपिट गरिएको शर्माले बताए।

नेकपाका नेता बिश्वकर्माले आईतवार बेलुका कोहलपुरमा उनले नै संचालन गरेको पत्रिका युगयान दैनिकको कार्यालयको अगाडि गुन्डा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्य समितिका सदस्य तथा तत्कालीन प्रेस सेन्टर बाँकेका सचिब समेत रहेका पत्रकार शर्मा हाल कोहलपुरबाट प्रकाशित काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक समेत हुन।

नेपाल प्रेस युनियन बाँके शाखाका सचिव अर्जुन ओलीले एक विज्ञप्ती निकाल्दै कुटपिट गर्नेलाई कार्वाही गर्न माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ