arrow

चाबहिलमा बसले ठक्कर दिएकी पन्तको निधन, आक्रोशमा तोडफोड गर्ने विद्यार्थी पक्राउ

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
aagalagi-bus.jpg

काठमाडौं ।  चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ ।

सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । उनको अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन् । त्यसपछि आक्रोशित बनेका विद्यार्थीहरुले चावहिल क्षेत्रमा तोडफोडसंगै आगजनी गरेका हुन् । उनीहरुले यातायात अवरुद्ध गरेर गाडीमा आगजनीसमेत गरेका हुन् ।

आक्रोशमा तोडफोड गर्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न नेविसंघ काठमाडौं अध्यक्ष मनोज बैधले  माग गरेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ  । उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा  यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो ।

राजनीतिक तरंग पनि यो क्याम्पसमा पहिले आउँछ भने सामाजिक रुपमा पनि यो क्याम्पस सक्रिय छ । अन्य मानिसमा परेको पीडालाई आफ्नै ठानेर सडकमा आउने क्याम्पसका विद्यार्थीहरु साथी नै पीडित बनेपछि झनै आक्रामक भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ