arrow

एक सय दश पुरुषले चाहेनन् श्रीमती, दिए सम्बन्धविच्छेदको निवेदन

कैलाली अदालतमा बढ्यो चाप

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ पुष ७ सोमबार
kailali-court.jpg

धनगढी । कैलाली जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ । पछिल्लो समय मुद्दा दर्ता हुनेक्रम निकै बढेको अदालतले जानकारी दिएको छ ।

जिल्ला अदालतमा आर्थिक वर्ष २०७३-०७४मा एक सय ५१ मुद्दामा एक सय ५१ बटै फैसला भएका छन भने २०७४-०७५ मा एक सय ९३ मुद्दामा एक सय ८७ मुद्दाच फैसला भएकोमा छ वटा मुद्दा बाकि रहेको जिल्ला अदालतले जनाएको  छ ।

गत आर्थिक वर्ष ०७५-०७६ मा बढेर दुई सय ६५ मुद्दा रहेकोमा एक सय १४ मुद्दा फैसला भएको छ भने एक सय ५१ मुद्दा फैसला हुन बाकि कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले बताए ।

चालु आर्थिक वर्षमा एक सय १५ मुद्दा मध्य ३७ मुद्दा फैसला भएको र ७८ मुद्दा फैसला हुन बाकि रहेको उनले बताए । श्रेस्तेदार गिरीले नयाँ कानून लागू भएपछि एक सय १० जना पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिएको जानकारी दिए ।

यसैगरी दुई सय ७० महिलाले सम्बन्धविच्छेदको मुद्दा दिएका छन् । जसमध्ये पुरुषको २९ र महिलातर्फ एक सय २४ गरेर एक सय ५३ थान सम्बन्धविच्छेदको मुद्दामा फैसला भएको छ । पुरुषको २९ र महिलाको एक सय २२ गरी एक सय ५१ थान सम्बन्ध विच्छेदका मुद्दा फैसला हुन बाँकी रहेको गिरीले बताए ।

 उनले एउटा मुद्दा फैसला हुने कम्तिमा छ महिना लाग्ने गरेको जानकारी दिए । उनले बैशाख,जेठ र असारमा दर्ता भएका मुद्दाहरु अर्का आर्थिक वर्षमा फैसला हुने गरेको बताए । उनले फैसला हुन बाकि रहेका मुद्दाहरु असार मसान्तसम्म सकिने जानकारी दिए ।

सवैभन्दा बढी मुद्दाहरु चेक बाउन्स भएका मुद्दाहरु आउने गरेको उनले बताए । अहिले जवरजस्तीकरणीका मुद्दा,लागु औषधका र जग्गा जमिन सम्बन्धीका पनि  मुद्दा दर्ता हुने गरेको उनले जानकारी दिए ।

पहिलेको मुलुकी ऐनमा पुरुषले स्थानीय निकायमा सम्बन्ध विच्छेदको उजुरी दिनुपर्ने र महिलाले भने सिधै अदालतमा उजुरी दिन सक्ने प्रावधान रहेको थियो । गत वर्ष भदौ १ गते देखि नयाँ मुलु्की ऐन लागु भएपछि महिला सरह पुरुषले पनि सिधैं अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दिन सक्ने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ