काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
प्रधानन्यायाधीश जबराले सोमबार सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।