arrow

‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलव्ध गराएको एम्वुलेन्स गगन थापाले गरे हस्तान्तरण 

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
ambulence-hastantaran-gagan.jpg

काठमाडौं। पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले ‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलव्ध गराएको एम्वुलेन्स गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ लाई हस्तान्तरण गरेका छन्। 

नेपाली कांग्रेसका प्रभावशाली नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। 

कालिगण्डकी गाँउपालिका ७ भुर्तङ्ग हेल्थ पोष्टले सञ्चालन गर्ने गरी वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साँचो थापाले हस्तान्तरण गरेका हुन्। 

नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका काँग्रेस नेता गोकर्ण पौडेल, कृष्ण पौडेल सहित परिवारका सदस्यले आफ्नो पिताको स्मृतिमा प्रतिष्ठान स्थापना गरेका थिए।

कार्यक्रममा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिए। ‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ, शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, उनले भने, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’

गाउँपालिकामा उपलव्ध गराइएको एम्वुलेन्सले सो क्षेत्रको जनताको स्वास्थ्यमा पहुँच बढ्ने अपेक्षा गरिएको गोकर्ण पौडेलले विश्वास व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ