arrow

ओली–प्रचण्ड र देउवाबीच भेटवार्ता 

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
oli-prachanda-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।   

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथ प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक विषयमा विचारविमर्श भएको थियो ।  

भेटबारे विस्तृत विवरण नदिए पनि उक्त भेट नियमित भएको प्रतिक्रिया प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए । 

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएकै दिन मंगलबार विपक्षी दलका नेतासंग सत्तारुढ दलले भेट गर्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ । 

सरकारको दुई तिहाई खोसिएको दिन भएको भेटलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नियमित भेट मात्र भनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ