arrow

सूर्यग्रहणमा फल नमिल्ने भएपछि सर्‍यो कांग्रेस बैठक

सहमति हुन अझै बाँकी

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
congress-meeting-deuba.jpg

काठमाडौं ।  नेताहरु सहमतिमा पुग्न नसक्दा  पटकपटक सर्दै आएको नेपाली कांग्रेसको बैठक यो पटक भने सूर्यग्रहणलाई देखाएर पर सारिएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनको मिति तय, विभाग गठन, भातृसंस्था लगायतका विषयमा सहमति जुटन नसक्दा पटक पटक बैठक स्थगित हुदै आएको छ ।

पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ । यो पटक भने वैठकको दिन सूर्यग्रहण परेपछि सो दिन बैठक गर्दा त्यसको फल राम्रो नआउने सुझावपछि बैठक सारिएको हो ।  

पार्टीले जारी गरेको वक्तव्यमा सूर्यग्रहणको कुरा उल्लेख नभए पनि बैठक स्थगितको कारण सूर्यग्रहण नै रहेको कांग्रेसका एक केन्द्रीय नेताले बताएका छन् ।    

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए। बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ । २६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बैठक बहिस्कार गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन बस्न सकेको छैन ।

पौष ९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ पौष १० गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७६ पौष ११ गते दिउँसो १:०० बजे बस्ने भएको छ ।

(कृष्णप्रसाद पौडेल)
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ