arrow

ब्रम्हलुटविरुद्ध जनता नजागे मुलुक धराशायी बन्ने

राप्रपालाई बैकल्पिक शक्ति बनाएरै छाड्ने

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
kamal-thapa6.jpg

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरेका छन् ।

आज हेटौंडामा पार्टी जिल्ला समितिद्वारा आयोजित बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले धर्म,संस्कृती र गौरबशाली पहिचानको रक्षा, संरक्षण र सम्बर्द्धनका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डोर्‍याउदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे ।

आफ्नो धर्म,सस्कृती र पहिचानको पक्षमा बोल्दा कुनै हिनताबोध राख्नुपर्ने आबश्यक नरहेको भन्दै थापाले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक बिचार जनता समक्ष लैजान कार्यकर्ताहरुलाई आग्रह गरे । मुलुकमा भ्रष्टाचार संस्थागत ढङ्गले अघि बढिरहेकोमा आक्रोश ब्यक्त गर्दै  उनले बिकृती,बिसङ्गिती र ब्रम्हलुटको  विरुद्धमा जनता नजागे मुलुक धराशायी हुँदै जाने चिन्ता प्रकट गरे ।

ठुला-ठुला भ्रष्टाचार काण्डमा ठुला नेता र ठुला पार्टीको संलग्नता देखिनु बिडम्बना भएको उनको भनाई थियो ।एनसेल ,बालुवाटार जग्गा, वाइडबढी, गोकर्ण रिसोर्ट, सुन  काण्ड जस्ता जघन्य भ्रष्टाचार काण्डको जबाफ जनताले एकदिन खोज्ने थापाको बिश्वास थियो ।

 मकवानपुरे जनताको माया र बिश्वासबाट राष्ट्रिय राजनितीमा कृयाशिल भएको चर्चा गर्दै थापाले पार्टी र बिचारलाई बलियो बनाउन परस्पर आत्मियता र एकताका साथ  अगाडि बढ्न सबैमा आग्रह गरे ।

 अहिले आपसमा आरोप प्रत्यारोप र कमि कमजोरीको मात्र कुरा गरेर बस्ने बेला नभएको भन्दै उनले उच्च मनोबलकका साथ सकृय र उर्जाका साथ संगठन निर्माणमा होमिन आग्रह गरे ।

 जिल्ला अध्यक्ष मधु अधिकारिको अध्यक्षता बसेको  बैठकमा सह-महामन्त्री दिपक सिंह, केन्द्रिय सदस्यहरु, जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा जनबर्गिय संगठनका प्रमुखहरुले आ-आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ