एयरपोर्टमा शंकास्पद गतिविधि गर्ने सरस्वती र कल्पनासँग जमरकट्टेलको के साइनो ?
किन दिए प्रहरीलाई छोड्न दवाव ?
प्रकाशित २०७६ पुष ९ बुधबार
604
Shares
काठमाडौ । काठमाण्डौ बिमानस्थलको सरसफाईको ठेक्का पाएको मिसन ईनोभेटीभ एच.आर. जेभीकी सहायक म्यानेजर कल्पना थापा र सरस्वती बुढाथोकीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै यसअघि नै अध्यागमनको निर्णय र निर्देशनमा सर्भर मै ब्लक गरिएको पास देखाएर विमानस्थलको चेक ईन एक नंवर गेटबाट प्रवेश गरेपछि अध्यागमनले तत्काल गेट नंबर दुईबाट नियन्त्रणमा लिएर छानवीन अघि बढाएको छ ।
सरसफाईको ठेक्का पाएको मिसन ईनोभेटीभ कम्पनिले यसअघि नै ४ जना नक्कली कर्मचारी देखाएर पास जारी गराएकोमा हाल पास नविकरणका क्रममा बिमानस्थल कार्यालयले ति शंकास्पद पास माथि छानवीन अघि बढाई रहेको वेला बुधवार दिऊँसो यो घटना भएको हो ।
कम्पनिले नक्कली पास जारी गराएर पास दुरूपयोग गरेर विमानस्थलबाट अबैध धन्दा सञ्चालन गरिरहेको आशंकाकै बीच प्रहरीले पास दुरूपयोग गर्नेहरू माथि निगरानी बढाएको जनाएको छ ।
प्रहरीले यसअघी नै सोही कम्पनीले नक्कली विवरण देखाएर जारी गराएको सुपरभाईजर सन्जु साही नाममा जारी भएको ११६०७ नम्बरको पास र सरस्वती बुढाथोकीको नाममा जारी भएको पास नं ११५९५ लाई कालो सूचीमा राखेको जनाएको छ ।
बुधवार दिऊँसो अध्यागमनको आँखा छल्दै के प्रयोजनका लागि सरस्वति बुढाथोकीलाई विमानस्थल भित्र लगियो भन्ने बिषयमा प्रहरीले पास नं ११३३४ वाहक कल्पना थापालाई समेत निगरानीमा राखिएको छ ।
अनुसन्धानकै क्रममा माओवादी मजदुर संगठनको दवाबमा ३ नंवर प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले निरन्तर दवाब दिएपछि प्रहरीले खोजेको समयमा हाजीर हुने शर्तमा कल्पना र सरस्वती दुबैलाई छाडेको प्रहरीले पुष्टि गरेको छ ।