arrow

'सभामुखमा कुनैपनि आकाङ्क्षा छैन'

सदन र सडकमा जाने बाटो खुल्यो

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
baburam2.jpg

काठमाडौं ।  समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकाङ्क्षा नरहेको बताएका छन् ।

 सरकारलाई समर्थन फिर्ता गरेपछि बुधबार सिंहदरबारमा पार्टीको आगामी योजनाबारे पत्रकारलाई जानकारी गराउँदै अध्यक्ष डा भट्टराईले सभामुखको विषयमा सोधिएको एक प्रश्नमा प्रतिपक्ष भएपछि विचार मिल्ने र मुद्दा मिल्ने शक्तिसँग मुद्दाको आधारमा सहकार्य गर्नु स्वभाविक भएको तर सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकाङ्क्षा नरहेको बताए ।

 सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन् । सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने उनले बताए ।

 अध्यक्ष डा भट्टराईले अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको दाबी गर्दै उनले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गरे ।

 माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित सङ्घीयता आवश्यक हुनेमा जोड दिए ।

 डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता हो भने। पत्रकारले सोधेको एक जिज्ञासामा उनले राजनीतिक अस्थिरताको अगुवाइ गर्ने डा बाबुराम भट्टराई हो भनेर कसैले भन्यो भने त्यसमा आफूलाई गर्व लाग्ने बताए । “क्रान्ति भनेको अस्थिर ढङ्गले नै हुने हो, क्रान्तिपछि बल्ल स्थिरता आउँछ”, उनले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ