arrow

श्वेतको घरमा यमराज र मृत्युकै मृत्यु भएको दिन

कसरी पाए पुर्नजीवन यमराजले

logo
पुराण,
प्रकाशित २०७६ पुष ९ बुधबार
yamaraj1.jpg

काठमाडौं ।   गोदावरीको तटमा  'श्वेत' नामका एक ब्राह्मण थिए । उनको हर समय साम्ब सदाशिवको पूजामा व्यतीत हुन्थ्यो । उनी हर अतिथिहरुलाई शिव सम्झिएर राम्रोसँग आदर-सत्कार गर्दथे । उनको शेष समय भगवानको ध्यानमा खर्च हुन्थ्यो। उनको आयु पुरा भइसकेको थियो तर उनलाई यस कुराको ज्ञान थिएन । उनलाई न रोग थियो न शोक, यसकारण आयु पूरा भएको आभास भएन । उनको सारा ध्यान शिवमा केन्द्रित थियो।

यमदूत समय पुराभएसँगै लिन आए, तर उनी ब्राह्मणको घरमा प्रवेश गर्न सकेनन् । चित्रगुप्तले मृत्युसँग सोधे- 'मृत्युदेव! श्वेत अहिलेसम्म यहाँ किन आएनन्? तिम्रा दूत पनि आएनन्।' यो सुनेर मृत्युलाई श्वेतमाथि धेरै क्रोध जाग्यो। उनी स्वयं श्वेतलाई लिन दौडिए।  घरको ढोकामा यमदूत भयले कापि रहेका थिए। उनले मृत्युसँग भने-'नाथ! म के गरु ? श्वेत त शिवद्वारा सुरक्षित छ। उसलाई त हामी देखिरहेका छैनौ, उ भएको ठाँउमा त पुग्न कठिन छ ।'

दूतहरुको कुरा सुनेर मृत्युलाई क्रोध भयो । उनी झट्ट ब्राह्मणको घरमा प्रवेश गरे । ब्राह्मण देवतालाई थाहा थिएन कि कहाँ के भइरहेको छ । मृत्युदेवलाई आएको देखेर भगवान शिवका गण भैरव बाबाले भने -'मृत्युदेव! तपाई फिर्ता जानुहोस।' तर मृत्युदेवले उनको कुरा नसुने जसो गरेर श्वेतमाथि जाल फाले । भक्तमाथि मृत्युको यो आक्रमण भैरव बाबालाई सहन भएन । उनले  मृत्युमाथि डण्डाले हिर्काए । मृत्युदेव त्यहि ठाडै भए । यमदूत भागेर यमराज भएको ठाँउमा पुगे। उनि डरले थरथर कापि रहेका थिए । मृत्युको मृत्यु सुनेर यमराजको धेरै क्रोधित भए । उनी हातमा यमदण्ड लिएर आफ्नो सेनासँग श्वेत भएको ठाँउमा पुगे।

त्यहाँ भगवान् शंकरका पार्षद पहिलाबाटै पहरा दिइरहेका थिए । सेनापति कार्तिकेयको शक्ति-अस्त्रबाट सेनासहित यमराजको पनि मृत्यु भयो । यस्तो समाचार सुनेर भगवान् सूर्य देवताहरुसँग ब्रह्माकोमा पुगे र ब्रह्मा सबैसँग घटनास्थलमा पुग्नुभयो ।

देवताहरुले भगवान् शंकरकी स्तुति गर्दै भने-'भगवान्! यमराज सूर्यका पुत्र हुन्। उनी लोकपाल हुन्। उनले कुनै अपराध या पाप गरेका छैनन्, अतः यीनको वध हुनुहुदैन। यीनलाई जीवित गर्नुहोस प्रभु, नत्र संसार अव्यवस्थामा पर्नेछ । भगवान्! तपाईसँग गरिएको प्रार्थना कहिले व्यर्थ हुदैन ।'

भगवान् आशुतोषले भन्नुभयो -'म पनि व्यवस्थाको पक्षमा छु। वेदको एक व्यवस्था छ जो मेरो अथवा भगवान् विष्णुको भक्त छन्, उनको स्वामी स्वयं हामी नै हुनेछौ । मृत्युको उनीहरुमाथि कुनै अधिकार हुदैन। यमराजको लागि यो व्यवस्था गरिएको छ कि उनी भक्तहरुसँग आदरका साथ प्रस्तुत हुन् ।'

त्यसपछि भगवान् आशुतोषले नन्दीद्वारा गौतमी गंगा (गोदावरी)-को जल मृत दूतहरुमाथि छर्किए। जल छर्किएसँगै मृत दूतहरु तत्क्षण सबै स्वस्थ भएर उठे। जो ईश्वरको भक्त  हुन्छ, उसको स्वामी ईश्वर नै हुन्छ। उसमाथि मृत्युको अधिकार हुदैन। अनाधिकार चेष्टा गर्नाले पनि मृत्यले जित्न सक्दैन । (ब्रह्मपुराण)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ