arrow

ग्रहणको मिथकः कहाँ के कस्तो छ ? यी रोचक मिथकहरु

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
eclipse-myth.jpg

काठमाडौं। सूर्यग्रहण जारी रहेको छ। नेपाल, भारत, चीनसहित एसियाका धेरैजसो देशसहित अष्ट्रेलिया तथा अफ्रिकामा पनि सूर्यग्रहण देख्न सकिने छ । 

ग्रहण एक खगोलिय घटना हो। यसलाई हेर्ने र यससंग जोडिएका मान्यता भने फरक फरक छन् । 

कहाँ कस्तो मिथक–

नेपाल र भारतमा ग्रहणका समयमा बाहिर निस्कन नहुने र केही पनि खान नहुने मान्यता छ । मानिन्छ कि ग्रहणको किरण पर्दा खानालाई पनि विष बनाइदिन्छ । 

अमेरिकामा मानिन्छ कि एक विशाल भालुले सूर्यलाई खाएपछि सूर्य ग्रहण लाग्छ । त्यस्तै चन्द्रमालाई निल्यो भने चन्द्रग्रहण लाग्छ । 

अफ्रिकामा सूर्य ग्रहणलाई लिएर अचम्मको मान्यता छ। त्यहाँका बाटाममलिबा कबिलाका मानिसहरुले ग्रहणका समयमा सूर्य र चन्द्रमाबीच हुने युद्धलाई मान्छन् । 

उनीहरुले पुरानो झगडा अन्त्य गर्ने यो मौका पनि भएको बताउँछन्। सूर्यको समयमा बाटाममलिबा कबिलाका मानिसहरु एक ठाउँमा भेला भएर आपसी मतभेद भुल्ने प्रयास गर्छन् । 

चीनमा सूर्यलाई ड्रागनबाट बचाउन तीर चलाउँछन् । आतिषबाजी गर्छन् । पटाखा पड्काउँछन् । 

ड्रागनले सूर्यलाई निल्छ र सूर्य ग्रहण हुन्छ भन्ने मान्यता त्यहाँ छ । उनीहरुले ड्रागनलाई डराउनका लागि पटाखा पड्काउँछन् । 

मेक्सिकोमा टोवा समूदायले सूर्यलाई रिस उठेपछि सूर्यग्रहण लाग्ने विश्वास गर्छन् । सूर्य यति चित्त दुखाउँछ कि उसले आकाशलाई छाडेर जाने फैसला गर्छ । तर अन्त्यमा उसको रिसको पारो घट्छ र फेरि पुरानै अवस्थामा देखिन्छ। ग्रहण पूरा भएपछि टोवा समूदायले सूर्यलाई धन्यवाद दिन्छन् । 

युरोपमा रथमा सवार सूर्य–चन्द्रलाई पक्रिन २ व्वाँसाहरु दौडिन्छन् भन्ने विश्वास छ । उत्तरी युरोपको स्क्याडिनेबिया इलाकामा मानिन्छ कि आकाशमा दुई व्वाँसाहरु छन् । एक सूर्य र अर्को चन्द्रमाको पछि दौडिन्छन् । व्वाँसाले जसलाई पक्रिन्छ त्यहाँ ग्रहण लाग्छ । 

ग्रीसमा सूर्यग्रहणलाई ईश्वरको श्राप पनि मानिन्छ । मान्यता के छ भने ग्रहणभन्दा अगाडि देवताले एक राजालाई सजाय दिँदै थिए । तर राजालाई सजाय दिनबाट बचाउन कैदी या किसानलाई केही समयका लागि राजा बनाइएको थियो । उसलाई सजाय भएपछि ग्रहण सकिएको थियो । त्यसपछि वास्तविक राजाले पुनः गद्दी सम्हालेका थिए । 

कोरियामा राजाको आदेशमा कुकुरले सूर्यलाई चोर्ने कोशिश गरेको भन्ने मिथक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ