arrow

निर्वाचन क्षेत्र विकासका लागि मिनेन्द्र रिजालद्धारा बजेट विनियोजन 

logo
किरण न्यौपाने, 
प्रकाशित २०७६ पुष १० बिहिबार
MINENDRA-RIJAL.jpg

रंगेली । मोरङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले निर्वाचन क्षेत्र विकासको ६ करोड बजेट विनियोजन गरेका छन् । 

प्रतिनिधिसभा सदस्य डा रिजालले जनताको मागबाट आएको योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिए । 

डा रिजालले चालु आर्थिक वर्षमा निर्वाचन क्षेत्र विकासका लागि २० वटा योजनामा उक्त बजेट विनियोजन गरेका हुन् । सांसद रिजालले रतुवामाई न।पा १ सोनापुर हटिया डाडा सडक र रतुवामाई न।पा ३ छालगाछी चौकीघाट सडक कालोपत्रे निर्माणका लागि ५०–५० लाख रुपैयाँ विनियोजन गरेका छन् भने झर्किया बजार टहरा निर्माणका लागी ४० लाख, इटहरा मुक्तिघाट निर्माणका लागि ५० लाख रुपैयाँ र रतुवामाई नपा ७ स्थित विश्वनाथ सामुदागिक भवन निर्माणका लागि १० लाख रुपैयाँ छुट्याएका छन् ।

त्यसैगरी सुनवर्षि नपा १ र २ जोड्ने पिपलचौकबाट गिरदलिया जाने सडकमा पुल निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरीएको सांसद रिजालले जानकारी दिए ।

सुनवर्षि नपा ४ सुरज चौक उत्तर होेलीमा र सुनवर्षि ९ भेडुवा उत्तर जाने सडकमा आरसिसि कल्र्भट निर्माणका लागि १५–१५ लाख रुपैयाँ छुट्याएको छ । 

सुनवर्षि नपा १ जाउलीडुवा धादरा पुल निर्माणका लागि २० लाख, सुनवर्षि ६ जनप्रीय प्रावि पूर्व जाने सडकमा आरसिसि कल्र्भट निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । 

सुनवर्षि नपा ५ झुगीटोलदेखि टकुवा स्कुलसम्म कालोपत्रे सडक निर्माण गर्न ५० लाख रुपैयाँ सांसद रिजालले विनियोजन गरेका छन् । 

बटरबाडी स्कुल पश्चिम बनकोल वार्ड नं ४ र ५ मा सडक निर्माणका लागि १० लाख र सुनवर्षि ७ र ८ जोड्ने मलदैया टोलदेखि ट्रान्सर्फमर सम्म सडक कालोपत्रे निर्माणलाई निरन्तरताका लागि ३७ लाख बजेट व्यवस्था गरेका छन् । त्यसैगरी रंगेलीको पुर्वाधार विकासका लागि भाउन्ने आमतोला सडक अन्तर्गत रंगेली नपा ३ सडक खण्ड कालोपत्रेका लागि ८० लाख रुपैयाँ, रंगेली १ डिपु चौकदेखि सन्थाल गाउँ जाने सडक ग्राभेल गर्न १० लाख र जमुवा स्कुल पूर्व सुकुना कल्र्भट निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको संसाद रिजालले जानकारी दिए । 

कानेपोखरी गाउँपालिकाको वार्ड नं १,२ र ३ को अधुरो निर्माण कार्यलाई निरन्तरता दिई बजेट छुट्याएका छन् । कानेपोखरी १ होक्लाबारी पुतली चौक उत्तर पट्टी सडक कालोपत्रे , शान्तिचौक केरौन सिमानामा रहेको अधुरो कल्र्भट र जय नेपाल चौकदेखि दोभाना सडक कालोपत्रे निरन्तरताका लागि २०–२० लाखका दरले रकम व्यवस्था गरिएको छ । 

सांसद रिजालले पथरी शनिश्चरे ६ गेलाबारी पश्चिम कुडामरिया बक्राह खोलामा पुल निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरी क्षेत्र विकासका लागि जनताको माग बमोजिम काम गरेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ