arrow

श्रीमान्‌ले कुटेरै मारे श्रीमती

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
violence.png

सुनसरी । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ ।

 मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो ।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ