निमोनिया देखिएर भर्ना गरिएका पूर्वसचिवको मृत्यु, शव अस्पतालमै
प्रकाशित २०७६ पुष १० बिहिबार
596
Shares
काठमाडौं । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको बिहिबार बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनीको निधन भएको परिवारले जनाएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनीलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाइन फ्लुको समेत आशङ्का चिकित्सकले गरेको उनीका आफन्त विनोद श्रेष्ठले जानकारी दिइन् ।
निकै इमान्दार र निष्ठावान् व्यक्तित्व श्रेष्ठले पूर्वी पाल्पासँगै प्रदेश नम्बर ५ को रामपुर क्षेत्र, गण्डकी प्रदेशका तनहुँ –नवलपरासी र स्याङ्जा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायतमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
घिरिङ गाउँपालिका वडा नम्बर २ कटहरे तनहुँ स्थायी घर भएका श्रेष्ठको शव अहिले शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ ।