घर नजिकबाट बाटो बनाएको हेरिरहेका बृद्धको रुखले किचेर मृत्यु
प्रकाशित २०७६ पुष १० बिहिबार
763
Shares
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ ।
आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो ।
प्रहरीका अनुसार बिहिबार दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेरिरहेका वृद्धलाई अचानक ढलेको रुखले किचेको थियो ।
मेशिनभन्दा झण्डै पाँच मिटर पर रहेको सुकेको रुख मेशिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने चौकीका प्रहरी सहायक निरीक्षक गोपीलाल लिम्बूले बताए।