arrow

७ बर्षिय छोरालाई बचाउँदा मारिएको कुकुरको बदला मेरा छोराछोरी मारेर लिनेरे: सञ्जिव ओली

पिडित पिता सोध्छन्, 'पशु अधिकारकर्मीको नाममा किन ज्यादती?'

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
victim.jpg

काठमाडौं। तिनकुनेको सुविधानगरमा सेतु नामक कुकुर मारिएको बिषयमा आरोपित भनिएका सञ्जीव ओलीले घटनाबारे हाम्राकुरासँग कुरा गरेका छन् । आरोपित ओलीले ७ बर्षिय बालकलाई जथाभावी टोकेपछि स्थानीय र प्रहरीको सहमतिमा सेतु नामको कुकुर मारिएको बताए । बिहिबार रिपोर्टर्स क्लबमा केहि अधिकारकर्मीहरुले दुई वर्षदेखि तिनकुनेमा बस्दै आएको सेतु कुकुरको हत्या गरिएको आरोप लगाएका थिए ।

घटनाको प्रसङ्ग उल्लेख गर्दै सञ्जिवले सिलसिलेवार रुपमा भने: दोलखामा स्थायी बासिन्दा रहेको मेरो परिवार बालबालिकाको शिक्षाको लागि ३ सन्तान र श्रीमती काठमाडौंको सुविधानगरमा बस्‍दै आएका छन । तीन हप्ता अघि दाँत र घाटीको बिरामी छोरालाई उपचारको क्रममा कान्तिपुर अस्पतलमा लगियो । अस्पताल छेउमा कान्तीपुर र इन्द्रेणीको संयुक्त रुपमा रहेको पार्किङमा गाडि पार्क गरे।गाडि पार्कीङबाट बाहिर निस्कदा दाहिने तर्फबाट उनको ७ बर्षिय छोरालाई कुकुरले ५ पटक टोक्यो ।

तत्काल एमर्जेन्सीमा छोरालाई लगियो । सो कुरा सुनाएपछि कान्तिपुरको रिसेप्शनमा रहेकी महिलाले सो कुकुरले अहिलेसम्म नजिकैको फर्माका असिस्टेन महिला लगायत ४० जनाभन्दा ज्यादालाई टोकिसकेको बताइन् । त्यसपछि अस्पतालमा प्रहरीलाई खबर गर्न मानिसहरुले सुझाए । उनले प्रहरीलाई १०० मा कल गरे ।  नजीकै प्रहरी बृत तिनकुने रहेकाले उनले फेरी त्यता पनि फोन गरे । तीनकुनेबाट प्रहरी आए । सोही समय नजिकै रहेको बिल्डिङमा उनका छोराहरु थिए उनीहरुको बिचमा कुकुर थियो कुकुर माथि जान खोज्दा केटाकेटि डराएर सिडि उक्‍लदै छतसम्म पुगे । कुकुर पनि उनीहरुको पछि थियो भने केही स्थानीय तथा प्रहरी पनि पुगेका थिए । त्यसपछि एक जनाले हिर्काए अर्काले गर्दा धेरैले हिर्काएपछि कुकुर मर्यो ।  

कुकुर मरेपछि सो घरबाट फाल्न तल ल्याए । प्रहरीले नगरपालिकाको गाडिमा आफुले फाल्ने बताए । म भने छोराको उपचारमा लगे । कुकुरको टोकाइबाट उनको छोराको हात सुनिएको थियो। कुकरको सामान्य अवस्थामा थिएन्।

घटनापछि केहि दिनपछि मलाई तीनकुने प्रहरी चौकी बोलाइयो । त्यहाँ पशुअधिकारको तर्फबाट एक बहिनीले उनलाई नछोड्ने धम्की दिइन् । त्यसपछि मुद्दा दर्ताको प्रकृया अघि बढ्यो । उनी त्यसपछि दोलखा गए । ४०-५० जनाले कुकुर मारेर किन भाग्नुभएको देखाइ दिन्छु भन्न थाले । त्यसपछि परिवार तथा छोरालाई सय वटा जति तथानाम म्यासेज पठाएछ्न् ।  मलाई कुकुर मरेकोमा दुख लागेको छ । यो घटना मेरो छोरालाई कुकुरले टोकेपछि भएको बुझाए तर पनि उहाँहरू बुझ्नुहुन्न देखाइदिन्छु मात्र भन्नु हुन्छ। छोराछोरीको सबैलाई माया हुन्छ म अभिभावकका रुपमा सन्तानको सुरक्षा गरेको हुँ ।

त्यसपछि केहि संस्थाहरुका १२-१५ जना वकिल लिएर पुगे। हत्यारा भनि सामाजिक सञ्जालमा तस्विरहरुमा फोस्ट हुन थाले । अहिले उहाँहरु सरकारी वकिलको कार्यलय, महान्यायधिवक्ताको कार्यलय, सिडियो कार्यलय धाउदै आएका छन् ।    

मलाई अहिले दिन सम्म टर्चर दिइएको छ। मैले पनि घरमा तीवटा कुकुर पालेको छु। कुकुरको आनीबानीबाट थाहाँ हुन्छ त्यसको अवस्था कस्तो छ भनेर तर त्यो कुकुरको अवस्था सामान्य थिएन । मानिस देख्न साथ झम्टने गर्दो रहेछ, मेरो छोरालाई पनि त्यसै गर्यो। मैले सोधेको पनि थिए कसको कुकुर हो भनेर ? पालेको कुकुर हो भने भन्नु पर्नै हो भ्याक्सिन आदि लगाएको रिपोर्ट हुनुपर्ने । अहिले आएर मेरा छोराछोरीलाई रडले हानेर मार्नै धम्की आइरहेको छ । कस्ता प्रकारका पशु अधिकारकर्मी हुन् । मेरो छोरा मार्ने भनेर म्यासेज गरेका छन् । म जसरी भिक्टिम भए मैले कुनै रिसिविमा कुकुर मारेको छैन। मैले मेरो छोरा टोक्न आएपछि जोगाएको हुँ ।

शनिबार २१ मंसिरमा काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सात जनाको समूहले सेतुको हत्या गरेको  बताइएको थियो । घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुई जना प्रहरी पनि संलग्न रहेको दाबी पशु अधिकारकर्मीहरुले गरेका छ्न्।

गैर सरकारी पशु कल्याणकारी संस्था एसपीसिए नेपाल, एनिमल नेपाल, नेपाल रेस्क्यू एनिमल नेपाल, प्रोजेक्ट ह्यूमन नेपाल, स्नेहा केयर, नेपाल भेजिटेरियन एसोसिएसन, गाई बाछा बचाउ अभियान, द जेन गुडअल इन्सटिटियूट नेपाल, फर केयर र टुगेदर फर पजद्धारा संयूक्त रुपमा यो मुद्धालाई उठाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ