arrow

विप्लवका मोरङ प्रमुखसहित तीन पक्राउ

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
prakanda-biplab.jpg

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा नेत्र विक्रम चन्द  (विप्लव) समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् ।

चौलागार्इं समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल  र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले सोमबार जानकारी दिए।

उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरिएको उनले बताए ।



नयाँ