arrow

एसिड आक्रमणमा परेकी मुस्कानलाई रिचार्जर एपको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष १५ मंगलबार
muskan-khatun.jpg

काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सहयोग गरिएको छ । रिचार्जर एपको विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा मुस्कानलाई सहयोग स्वरुप रु ५२ हजार २० रुपैयाँको चेक हस्तान्तरण गरिएकोे हो । 

गत भदौमा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा उनी एसिड प्रहारबाट घाईते बनेकी थिइन् । मुस्कानको लामो समय कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो । 

एसिड प्रहार गर्ने दुई युवक प्रहरीको नियन्त्रणमा परेका थिए भने तिनीहरुलाई एसिड बेच्ने व्यवसायी फरार रहेका थिए । 

उनको घाउ निको हुँदै गएको छ । प्रशंसकहरुले उनलाई शुभकामना दिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ