गुलरिया,बर्दिया । माइती नेपालको तथ्याङ्क अनुसार १ सय ३३ जना महिला तथा बालबालिकालाई बर्दिया जिल्लाका सिमानाबाट उद्धार गरिएको छ । विभिन्न बैदेशिक रोजगार लगायत विभिन्न्न प्रयोजनका लागी जोखिमपुर्ण यात्रामा रही सिमानाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराईएको हो ।
मंगलबार मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि संचारकर्मीहरुसंग गरिएको एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । हाम्रो आवाज चलेबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मूल सेवा प्रवाहका साथ काम गरिरहेको माइती नेपालले बर्दियाका सञ्चारकर्मीहरुसँग अन्तक्रिया कार्यक्रममा संस्थाले गरेको ४ वर्षे आवधिक गृहकार्य सार्वजनिक गरेको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा भएको कार्यकममा माइती नेपाल बर्दियाकी कार्यकम संयोजक गायत्री रिमालले मानव बेचबिखनको ४ वर्षे अवस्थाका बारे तथ्याङ्क प्रस्तुत गर्दै गरिन् । मानव बेचबिखन नियन्त्रणका लागि सञ्चारकर्मीहरुको विशेष कलम चलाउनु पर्ने बताउँदै उनले जोखिमपुर्ण यात्रामा सिमानाबाट उद्धार, मानव बेचविखन र सुरक्षित बसाई सराईबारे जानकारी, घरेलु हिंसाका घटना तथा समाधानको अवस्था, जबर्जस्ती करणी मुद्दा तथा श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्याका विषयमा जानकारी गराएकी थिइन् ।
माइती नेपाल बर्दियाले सन २०१६ देखी २०१९ डिसेम्बरसम्मको क्रियाकलापको तथ्याङ्क अनुसार जोखिमपुर्ण यात्रामा रहि बर्दियाका विभिन्न पालिकाका सिमानाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको जम्मा संख्या ४ सय ९७, मानव बेचविखन र सुरक्षित बसाई सराईको जानकारी दिई पारिवारिक पुर्नमिलन गराइएको संख्या ४ सय ९७ रहेको छ ।
त्यसै गरि श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या २० जना, मानव बेचविखन र सुरक्षित बसाई सराईको जानकारी दिइ घर फर्काइएको जम्मा संख्या १ सय १४ रहेको छ । भने जबर्वजस्ती करणी मुद्दा अवश्यक सहयोग तथा परामर्श ५८ जनालाई प्रदान गरिएको माइती नेपाल बर्दियाले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्र धितालले मानव वेचविखन जस्तो जघन्य अपराध नियन्त्रण गर्न सञ्चार माध्यमहरुलाई व्यापक परिचालन गर्न आग्रह गरेका थिए ।