arrow
ADVERTISEMENT

सभापति नसच्चिए विशेष महाधिवेशन समेतको तयारीमा लाग्यो पौडेल समूह

वार्ता देउवासँग मात्रै, प्रतिनिधिसँग नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष १५ मंगलबार
congress-leaders-ramchandra.jpg

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा बिरुद्ध संस्थापन इतरका नेताहरुले मंगलवार दुई अलग मोर्चा खोलेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले अलग अलग रुपमा सभापति देउवा बिरुद्ध मोर्चा खोलेका हुन्।

मंगलवार पौडेल समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामै बैठक गरि पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानका लागि सभापति देउवा बाहेक उनका कुनै पनि प्रतिनिधीसँग वार्ता गर्ने निर्णय गर्दै गर्दा सिटौलाले आफ्नो समुहको तर्फबाट एक ध्यानाकर्षण पत्र पठाउँदै देउवालाई गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सचेत गराएका हुन्। 

संस्थापन इतर समुहले वैठकमा सहभागिता नजनाएपछि सभापति देउवाले उपसभापति विमलेन्द्र निधीलाई सहमति जुटाउन जिम्मा दिएपनि सहमति हुन सकेको थिएन। बरु उल्टै समस्या बढेपछि अब कुनै पनि प्रतिनिधीसँग छलफल नगर्ने पौडेल समुहले प्रष्टयाएको हो। 

बैठकले बुधबार सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा सहभागिता नजनाउने र बिहिवारको केन्द्रीय समितिको बैठकमा पनि नजाने निर्णय गरेको छ। सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारको टुंगो लगाउन आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाए पनि संस्थापन इतरका नेताहरु सहभागि नहुने भएपछि सो बैठक पनि गुटको बैठक मात्र हुने भएको छ।

अब अन्तिम वार्ता देउवासँग मात्र हुने नेता बल बहादुर केसीले बताए। यसअघी समुहको अग्रज नेताहरु सोमबार डीनर मिटीङमा सहभागि भएका थिए। सो मिटीङमा भएको सहमति अनुसार केन्द्रिय कार्यालयमा  नै बैठक गरि पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको हो।

केसीले २१ गते जिल्ला सभापतिहरुसँग छलफल गर्ने निर्णय भएको उल्लेख गर्दै केसीले विवादित सबै विषयमा त्यस भेलामा परामर्श हुने केसीले प्रष्ट पारे। सभापति देउवा सच्चिएर नआए बिशेष महाधिवशेनको समेत प्रस्ताव आउन सक्ने एक नेताले बताए। 

मंगलवारको वैठकमा पौडेल समुहले जिल्ला स्तरीय नेता–कार्यकर्ता, सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्यलगायतका पार्टीका सबै तह र तप्काका नेता–कार्यकर्ताहरुसँग परामर्श गर्ने समेत निर्णय गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ