arrow

टोपी दिवस मनाइँदै 

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
topi.jpg.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस बुधबार मनाइँदै छ । सात वर्षदेखि जनवरी १ तारिखमा टोपी दिवस मनाउँदै आइएको छ ।

जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाउँदै छ ।

जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा नभए पनि यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको बताए । 

अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरि गर्दैछ । कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले बताएका छन् ।

यस वर्षको नारा ‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ रहेको छ । गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रदर्शन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ