arrow

सरकारको कदम रोक्न सबै पक्षलाई कांग्रेसको आह्वान

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
congress_parliament_office.jpg

काठमाडौं । नेपाली कांग्रेसले संविधानको प्रावधानको प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारको कदम रोक्न सबै पक्षलाई अग्रसर हुन आह्वान गरेको छ । कुनै पनि वाहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐन नियम  बनाउने सरकारको कदम प्रति नेपाली कांग्रेस संसदीय दलले सबै पक्षलाई अग्रसर हुन आह्वान गरेको हो ।

नेपाली कांग्रेस संघीय संसद संसदीय दलको कार्यलले विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नेपाली नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने,  संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन् हुने हुँदा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' नागरिक स्वतन्त्रता र नागरिकको अधिकारको रक्षा गर्ने दायित्व राज्यको हो । नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, नागरिकका मौलिक अधिकारको सुचिश्चितता गरेको छ ।  तर वर्तमान सरकार नेपाली नागरिकका स्वतन्त्रता र अधिकारलाई कुण्ठित गर्ने र जनताका मौलिक हक तथा संविधानका प्रावधानका प्रतिकूल नीति नियम बनाउन तल्लीन रहेको छ । संविधानको प्रावधानको प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारको कदम रोक्न सबै पक्षलाई अग्रसर हुन आग्रह गर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ