arrow

सरकारको मात्र मुख ताक्न नहुने

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
gagan16.jpg

काठमाडौं ।  नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली कांग्रेसका नेता गगन थापाको अगुवाइमा बुधबार रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराए ।

उनले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए ।

काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताए ।

नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै  हामी आफैँले फोहर नफाल्ने भनेर सङ्कल्प गर्‍यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिनेछ भने ।

उनले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचो, डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराए। नेता थापा सोही टोलमा बस्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ