arrow

चितवनका अटेरी एसपी मल्ल निलम्बित हुनसक्ने !

कार्वाहीबाट बचाउन प्रचण्डकहाँ हारगुहार

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
dan-bahadur-malla.gif

चितवन । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको सरुवा २०७६ पुस ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । तर नेकपा अध्यक्ष प्रचण्डलाई प्रभावमा पारि उनले उक्त सरुवालाई अटेर गर्दै चितवनमै बसेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले बुधबार १२ घन्टाभित्र रमाना लिन निर्देशन दिएको छ।

प्रदेश नम्वर ३ का प्रहरीका एसपी अरुण पौडेलको हस्ताक्षरमा उनलाई १२ घन्टाभित्र रमाना लिन लिखित पत्र नै पठाइएको छ। तर उनले बिहीबार दिउँसोसम्म पनि रमाना नलिई प्रदेश प्रहरीको निर्देशन पनि अटेर गरेका छन् । र, प्रहरी नेतृत्वलाई चुनौती दिदै रमाना नलिने प्रतिक्रिया मिडियामा दिएर बसेका छन्।

एसपी मल्लले प्रहरीको चेन अफ कमाण्ड नै नमान्ने भन्दै सरुवाको निर्णय अनुसार रमाना नलिएपछि अब प्रहरी नेतृत्वका अगाडि उनलाई निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्ने दबाब बढेको छ ।

यसरी खुलेआम प्रहरीको निर्देशन मान्दिन भनेर चुनौती दिने एसपी मल्ललाई कारबाही नगर्दा फौजमा अराजकता बढ्ने भएकाले यस्तो दबाब आइजीपी सर्वेन्द्र खनाललाई परेको छ।

प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी गंगा पन्तको सरुवा गरेको छ । तर मल्लले रमाना नलिएपछि पन्त हाजिर हुन जान पाएकी छैनन् ।

जागिर अवधि केही बर्षमात्र भएका एसपी मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व पीएसओ हुन् । उनलाई अवकाशको मुखमा चितवन जस्तो जिल्लाको इन्चार्जमा प्रचण्डकै दबाबमा सरुवा गरिएको थियो ।

मल्लले चितवन गएपछि अध्यक्ष दाहाल र उनकी छोरी भरतपुर महानगरकी मेयर रेनु दाहालको नाम लिंदै कमाउधन्दा संचालन गरेको भनी आलोचित भएका थिए ।

चौकीमा असई, सई खटाउनेदेखि जुवा अखाडा संचालन गर्ने र मोटरसाइकल चोरी गिरोहसँग उनले घुस लिने गरेका समाचार बारम्बार आएपछि उनी १० महिनामै तानिएका थिए । तर सरुवाको निर्णयलाई लत्याउँदै उनले चितवन छाड्न मानेका थिएनन् । उनले चेन अफ कमाण्डलाई अटेर गरेकै कारण कारबाही हुने भएपछि राजीनामा समेत दिनसक्ने स्रोतको दाबी छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ