arrow

झरीमा रुझेका उखु किसानलाई मनकारी राजेन्द्र बजगाईंले दिए ज्याकेट उपहार

५० जनालाई एक एक डाउन ज्याकेट

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
jacket.jpg

काठमाडौं। काठमाडौंको चिसोमा कापिरहेका उखु किसानलाई पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले ज्याकेट दिएका छन् । 

गुलियो उखुले जीवनमा तीतो स्वाद दिएपछि सरकारसँग हारगुहार गर्न काठमाडौं आएका उनीहरुलाई चिसोले त्यसमाथि पिडा थपिरहेको थियो। चिनी मिलले पैसा नदिएपछि हप्ता दिनदेखि काठमाडौंको चिसोमा आन्दोलन गरिरहेका उनीहरुको अवस्था शुक्रबार परेको पानीले अझ नाजुक बनायो ।

त्यो देखेपछि मानवताको हिसावमा बजगाईं ठमेलबाट ज्याकेट किनेर माइतिघर पुगे। उनीहरूलाई चिसोमा जोगिन ५० जनालाई एकएक वटा डाउन ज्याकेट दिए।

बजगाईंले भने, 'उहाँहरु काँप्दै गरेको समाचार पढे, देखे, कठिनाइको महसुस भइरहेको थियो। हिजोबाट काठमाडौंमा चिसो बढेको छ, झरी परेको पनि छ । मैले मानवीय हिसावले सहयोग गरेको हु।  ५० जनालाई एकएक वटा डाउन ज्याकेट दिए।'

उखु मिलले पैसा नदिएको भन्दै गुनासो गर्न काठमाडौ आएका उनीहरुलाई ऋण समेत लागेको छ। एकसरो लगाएर आएको धोती समेत मैलो भइसकेको छ । धोती फेर्ने पैसा नभएपछि उनीहरु गाउँकै साथी भाइसँग मागेर काम चलाइरहेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका बजगाईंले भने, 'तीन वर्षदेखि आफ्नो पसिनाको मूल्य नदिएको भन्दै गुनासो सुनाउन माइतीघर मण्डलमा धर्नामा बसेका हुन् उनीहरु जो कोहिलाई खुशीको विषय पक्कै होइन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ