जनताको आधारभुत आवश्यकतामा सरकार चिन्तित् : मन्त्री अर्याल
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ पुष १९ शनिबार
509
Shares
स्याङ्जा। भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको आधारभुत आवश्यकतामा सरकार चिन्तित् रहेको बताएकी छन् । स्याङ्जाको वालिङ नगरपालिका १ स्थित रामबाच्छा सिरेटारी खानेपानी आयोजनाको शिलन्यास गर्दै मन्त्री अर्यालले जनता भएको ठाँउ र बस्ती भएको ठाँउमा यातायात, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुच पुग्नुपर्ने धारणा राखेकी हुन् । न्युनतम जनतालाई आधारभुत आवश्यकता पुरा गर्नुपर्ने दायीत्य सरकारको रहेको बताउदै मन्त्री अर्यालले यही भिजनका साथ सरकार अगाडी बढेको बताईन् ।
मुलुकको सुशासन, विकास र समृद्धिको यात्रा हावाको गतिमा अगाडी बढेको छ मन्त्री अर्यालले भनिन्,“अब सरकार कुनै जनता विकासका योजनाबाट बन्चित हुनैछैनन् ।” जनतालाई आयआर्जन लक्षित कार्यक्रम सरकारले अगाडी सारेको उनले बताइन् । जनतालाई खानेसिप उपलव्ध नगराए सम्म समृद्धि हासिल हुदैन मन्त्री अर्यालले भनिन्,“सिपमुलक तालिम केन्द्र स्थापनाका लागि सरकार लागेको छ ।” एक घर एक खानेपानीको धारा भन्ने अभियानका साथ केन्द्रिय सरकार लागेको बताउदै मन्त्री अर्यालले प्रदेश र स्थानीय सरकारलाई पनि यो अभियानमा सघाउन आग्रह गरिन्।
स्याङ्जाको विकासका लागि आफु योजनाबद्ध ढंगबाट अगाडी बढेको मन्त्री अर्यालको भनाई छ । सिपमुलक तालिम केन्द्र पहिला स्याङ्जामा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री अर्यालले समृद्धि सगँ जोडिन आयआर्जनको आवश्यकता पर्छ । त्यसैले सरकार गरिबी न्युनिकरणका लागि आवश्यकता अनुसारको सिपमुलक तालिम अब जनतालाई दिने अभियानमा छ मन्त्री अर्यालले भनीन्। शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहोन रेग्मीले प्रदेश सरकार २ बर्ष भित्र जनतालाई खानेपानी अभाव हुन नदिनेगरी अगाडी बढेको बताए।
जनताको आवश्यकता अनुसार विकासे योजना तयार गर्दै प्रदेश सरकार अगाडी बढेको धारणा रेग्मीको छ । वालिङ नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्ले, खानेपानीका अध्यक्ष झलकनारायण काफ्ले, सचिव गिरमान गुरुङ र कोषाध्यक्ष पदमराज गुरुङ्ले यो आयोजनाले यहाँका बासीन्दालाई खानेपानीको अभाव नहुनेमा विश्वास व्यक्त गरे ।
लिफ्टिङ्ग प्रणाली बाट निर्माण हुन लागेको खानेपानी ८ करोड, ५४ लाख, ८२ हजार ९ सय ६३ रुपैया बजेट प्रारम्भीक प्रतिवेदन अनुसार विनियोजन भएको छ । यो खानेपानी सम्पन्न भएपछि रामबाच्छा बजारवासी लाभान्वित हुनेछन् । खानेपानीको अभाव झेलीरहेका रामबाच्छा बजारवासीका लागि मन्त्री अर्यालकै पहलमा यो आयोजना आएको समितिले जनाएको छ । करिव ८ महिनामा सम्पन्न हुनेगरी यो आयोजनाको काम शुरु गरिएको छ।