arrow

जवरजस्ती करणी गर्ने कानु र ज्यान मार्ने धुनिया पक्राउ

logo
प्रकाशित २०७६ पुष २० आइतबार
kanu-dhuniya.jpg

पर्सा । जवरजस्ती करणी गरि फरार रहेका दिनेश प्रसाद साह कानुलाई प्रहरीले पक्राउ गरेको छ । ४५ बर्षिय कानुलाई जवरजस्ती करणीको ४ बर्षपछि पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतले २०७२ साल माघ १८ गतेको कानुलाई ६ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकेको थियो ।

छिपहरमाई गाउपालिका वडा नं ५ बस्ने दिनेश प्रसाद साह कानुलाई  पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले पौष १९ गते शनिबार गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   

साथै प्रहरीको टोलिले  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दरौगा मिया धुनियालाई पनि पक्राउ गरेको छ । धुनियालाईलाई पर्सा जिल्ला अदालतले २०७६ जेठ १४ गते  १० बर्ष कैद सजाय सुनाएको थियो ।

उनलाई पनि प्रहरीको टोलिले  शनिबार गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुवैलाई जिल्ला अदालत बुझाइएको पर्सा प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ