arrow

सिटौला र कोइरालालाई एउटै माला लगाइदिए कार्यकर्ताले

सभापति देउवाले जमिन्दारी चलाएको आरोप

logo
प्रकाशित २०७६ पुष २० आइतबार
sitoula-koirala.jpg

धनकुटा। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन्।

सभापती देउवाले बिधान लत्याउॅदै अगाडी बढेका कारण पार्टीभित्र सहमती र सहकार्यको लागी अबरोध सिर्जना भएको सिटौलाले बताए।

सभापति देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे -"हिजो गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापती र रामचन्द्र पौडेल कार्यबाहक सभापती हुँदा तपाईलाई सहमतीमै राखेर महाधिवेशन घोषणा गरेको हैन? अहिले तपाई सभापती हुदा सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउन कस्ले रोक्यो? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने?"

जिपी फाउण्डेशन प्रदेश-१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सिटौलाले सभापतीको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापती नहुन देउवालाई चेतावनी दिए।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरुसॅग लड्नुपर्ने समयमा सभापतीकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए।

डा कोइरालाले सभापती कांग्रेसको घरमुली भएको बताउदै घरभित्रको फरक बिचार र असन्तुष्टीको संबोधन गरेर सबैलाई सँगै हिडाउने काम देउवाकै भएको बताए।

नेपाली कांग्रेसको ईतिहासमा आजसम्म सहमतीकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने-" अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य हो।"

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापती गोबिन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापती अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।

कार्यक्रममा आयोजकले सिटौला र डा कोइरालालाई एकै माला लगाइदिएर पार्टी भित्र मिलेर एकता कायम गर्न आग्रह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ