arrow

कीर्ते मोहीलाई मुआब्जा दिने गुठी संस्थानका हाकिमबिरुद्ध मुद्दा दायर

जानकी मन्दिरको अरबौंको जग्गा कसले खोज्ने ?

logo
प्रकाशित २०७६ पुष २० आइतबार
panday-brothers.gif

जनकपुर । गुठी संस्थानका उच्च अधिकारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को गरी मुद्दा दायर गर्न थालेको छ । नन्दीकेशर गुठी नक्सालको जग्गामा घुस लिएको आरोपमा संस्थानका प्रशासक नारायण चौधरी र सहायक प्रशासक जयप्रसाद रेग्मीका बिरुद्ध २०७६ पुस १ मा विशेष अदालतमा मुद्दा दायर भएको १९ दिनपछि फेरि ३ कर्मचारीबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

धनुषाको भरतपुर गा.वि.स.मा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता र भ्रष्टाचार गरेकाले गुठी संस्थानका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा, तत्कालीन लेखाअधिकृत हरिश्चन्द्र भूसाललाई अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोहीहरुलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले प्रतिवादी पाण्डेका बिरुद्ध १९ लाख ३० हजार बिगो माग गरिएको छ । उनले १९ लाख ३० हजार मोहीहरुरुलाई कीर्ते गरी दिएका थिए । उनीबिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड ९(च) बमोजिम सजाय मागदाबी गरी मुद्दा दायर गरिएको छ । 

सहायक प्रशासक मनोजकुमार शर्मासँग ६ लाख ५० हजार रुपैयाँ मोहीलाई मुआब्जा रकम भुक्तानी गरेकाले त्यति नै रकम बिगो माग गरी मुद्दा दायर गरिएको छ । भुसालले मोही भनिएका व्यक्तिबाट लिएको रकम ४ चार लाख ३० हजार मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत कार्यालय प्रमुखसमेतले लिनेखाने गरी घुस लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकाले त्यति नै रकम बिगो दाबी गरी आयोगले मुद्दा दायर गरेको छ ।

सुमनकान्त ठाकुरले मोहीबाट पटक–पटक गरी जम्मा ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ मोहीलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी मोहीलाई दबाबमा पारी राष्ट्रसेवक कर्मचारीहरुलाई प्रलोभनमा राखी लिनेखाने गरी घुस लिएदिएको तथ्य स–प्रमाण पुष्टि हुन आएको आयोगले ठहर गरेको छ । र, उनीबिरुद्ध दायर मुद्दामा ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ बिगो माग गरिएको छ ।

मोही भनिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जाबापत २०६९ असार २७ गते लिएको रकम रु. १२ लाख ८१ हजार ६ सय ६७ मध्येबाट सोही मितिमा रु. १२ लाख ५० हजार आफूले लिई सोही मितिमा सोही रकममध्येबाट सुमनकान्त ठाकुरलाई रु. ७ लाख ३५ हजार रकम मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारीहरुसमेतलाई दिने गरी घुस दिएको तथ्य स–प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ । उनीसँग ७ लाख ३५ हजार बिगो मागदाबी गरी मुद्दा दर्ता गरिएको छ ।

सेनालाई जग्गा दिंदा कीर्ते मोही कायम गर्ने पाण्डे संस्थानमा बसी कीर्ते मोही कायम गर्नेदेखि गुठीका जग्गा हिनामिना गरी अकूत सम्पत्ति आर्जन गर्ने भनेर चिनिन्थे । उनले काठमाडौंका धेरै गुठीका जग्गा कीर्ते मोही कायम गरी करोडौं करोड सम्पत्ति कमाएको संस्थान सम्बद्ध अधिकारी नै बताउँछन् । पाण्डेजस्तै जानकी मन्दिर, राम मन्दिर र बेला गुठीको गुठीको सयौं बिगाहा जग्गा हिनामिना गर्ने पूर्व सहायक प्रशासक दीपकबहादुर पाडेका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ । उनले पोखरा, भक्तपुरदेखि विभिन्न ठाउँका जग्गा हिनामिना गरेका थिए । उनी गतबर्ष पुसमा अवकाश भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ