arrow

पर्यटन मन्त्री योगेश भट्टराईको असंवेदनशील अष्ट्रेलिया यात्रा 

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
yogesh-bhattarai.jpg

काठमाडौं । अष्ट्रेलिया यतिबेला इतिहासकै गम्भीर र संघीन मोडमा रहेको छ । गत सेप्टेम्बरदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, बरु विस्तार भइरहेको छ । आगलागीमा परी कम्तीमा २५ जना मानिसको मृत्यु भइसकेको छ । केही बेपत्ता छन् ।

५० करोडको संख्यामा जंगली जनावरहरुको ज्यान गइसकेको छ । सयौं घर जलेका छन् । आगो जंगलबाट सहरमा समेत आइसकेको छ । 

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यो आगलागी नियन्त्रणमा ल्याउन अझै महिनौं लाग्न सक्ने भन्दै दुःख व्यक्त गरिरहेका छन् । 

यस्तो बेलामा हजारौं मानिस आफ्नो थातथलो छोडेर शरणार्थीका रुपमा अन्य सहरमा भौंतारिन वाध्य छन् । उनीहरु कहाँ बस्ने र शरण लिने भन्नेमा संकटमा परेका छन्। 

यतिबेला आफ्नो वासको व्यवस्था गर्नमै उनीहरु लागेका छन् । उनीहरुको प्राथमिकता विदेश घुम्ने भन्दा पनि देशका नागरिक बचाउने भन्नेमा हो । 

सेटलाइटबाट लिइएका तस्विरमा अष्ट्रेलिया पुरै आगोको चपेटामा देखिन्छ। अष्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो आगलागी एमेजनको आगलागी भन्दा ठूलो हो। 

आगलागीकै बेला केही समयअघि त्यहाँका प्रधानमन्त्री मरिसन विदा मनाउन विदेश गएका थिए । त्यसपछि उनले चर्को आलोचना खेप्नुपर्यो । 

संसारभर अष्ट्रेलियाको लागि प्राथना गरिदैछ । समवेदना प्रकट गरिदैछ।

अनि वाध्य भएर तत्काल आफ्नो विदा घटाएर क्षमा माग्दै उनी देश फर्के । यस्तो बेलामा भ्रमण वर्षको प्रवद्र्धन गर्ने नाममा हाम्रा पर्यटन मन्त्री योगेश भट्टराई भने अष्ट्रेलियामा पुगेका छन् । 

यो समयमा आएर भएको भट्टराईको भ्रमणलाई असफल कुटनीतिको बिम्बको रुपमा नेपाली डायस्पोरा र पर्यटनव्यवसायीले टिप्पणी गरेका ।

अष्ट्रेलियाको संवेदनशील समयमा मन्त्रीको व्यवसायिक भ्रमणलाई संवेदनहिनताको पराकाष्ठाको रुपमा लिइएको छ । उनले यो संवेदनशील घडीमा अष्ट्रेलियावासीलाई कुनै सघाउने आश्वासन दिन्छन् कि नेपाल घुम्न आउनु भनेर सन्देश प्रवाह गर्छन् भन्ने चासोको विषय बनेको छ । 

उनको यो भ्रमणलाई लिएर लेखक तथा पत्रकार कशिसदास श्रेष्ठले लेखेका छन् –यो असंवेदनशीलता र मूर्खताको भद्दा प्रदर्शन हो ।

मन्त्री भट्टराई आइतबार अष्ट्रेलिया गएका हुन् । उनी केही दिन अष्ट्रेलियामा रहने बताइएको छ । अष्ट्रेलिया आफै मारमा परिरहेका बेलामा उनको यो साइत सही भयो या भएन भन्ने बारेमा पनि टिप्पणी हुन थालेको छ । 

अर्काको संवेदनशीलताको समेत ख्याल नगरि मन्त्री भट्टराई अष्ट्रेलिया पुग्दा कतै त्यसले सिंगो मुलुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने त हैन ? भन्ने प्रश्नसमेत उब्जिएको छ । 

अष्ट्रेलियाका हृदयविदारक तस्वीर र दृष्यहरु देखेर संसारलाई नै दुःखी तुल्याइरहेका बेलामा यो समय पर्यटनमन्त्रीको हैसियतको उनको भमण विवादमा परेको छ। भ्रमण वर्ष सुरु भएपछिको पहिलो विदेश भ्रमण अष्ट्रेलियालाई बनाएर व्यवसायको पोको बोकेर जाँदा स्वयं पर्यटन व्यवसायी र डायस्पोराका नेपालीले असंवेदनशील भनी आलोचना गरेका छन् ।  

नेपाल सरकारले अहिलेसम्म अष्ट्रेलियामा विकराल बन्दै गएको आगलागीमा परी ज्यान गुमाएकाबारे कुनै समवेदना समेत व्यक्त गरेको अवस्था छैन ।

त्यस्तो परिस्थितिको ख्यालै नगरी मन्त्री भट्टराईले कुन प्रचार गर्न खोजिरहेका छन् त ? भन्ने प्रश्न पनि उब्जिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ