arrow

ज्ञानेन्द्रको हालत स्मरण गर्न नेतृत्वलाई पौडेलको सुझाव

साझा नेता बन्न सभापतिलाई सुझाव

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
pradip-poudel.jpg.jpeg

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी विधानमाथि रहने सुविधा कसैलाई  नरहेको भन्दै विधान अनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेस रत्ननगर नगरपालिकाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले संविधानमाथि रहने दाऊपेच गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको कुन हालत भयो, त्यो स्मरण गर्न नेतृत्वलाई आग्रह गरे ।

“जति नै त्यागी तथा आर्दश नेतृत्व भएपनि विधानविरुद्ध चल्ने अधिकार कसैलाई छैन ” पौडेलले भने ।

मुलुकमा कम्युनिष्ट नेतृत्वको अधिनायकवादी सरकारविरुद्ध लड्ने बेलामा पार्टी भित्र गुटगत अभ्यास हावी भएकाले  देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले गुट विशेषका नभई तमाम कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुझाव दिए ।

फरक प्रसंगमा पौडेलले आफ्नो भूमिको सुरक्षा गर्न नसक्ने वर्तमान सरकार कसरी जनताको सरकार हुन सक्छ भनी प्रश्न गरे । वाइडबडी घोटाला, बालुवाटार जग्गा काण्ड, राज्यको सम्पत्तिमा यति समूहको दोहन जस्ता घटनाबाट सरकार नीतिगत रुपमै भष्टाचरीको संरक्षणमा जुटेको प्रमाणित भएको उनले बताए ।

पाइला पाइलामा जनताबाट कर उठाइरहेको सरकार कर्मचारीलाई तलब खुवाउन भने विदेशी सामु लम्पसार परेको भन्दै पौडेलले देशको अर्थतन्त्र धाराशायी भइसकेको दाबी गरे । लोकतान्त्रिक समाजवादको जगमा अडेर पार्टीका आधारभूत मूल्य, मान्यता तथा सिद्धान्तको पुर्नव्याख्या गर्नु काग्रेसको आजको आवश्यकता भएको समेत पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ