arrow

तीन दिनअघि हराएकी पूर्णिमाको शव खाल्डो भित्र भेटियो, करणीपछि हत्याको आशंका

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
purnima-moktan.jpg

सर्लाही। सर्लाहीमा एकजना युवतीको शव फेला परेको छ । सोमबार वाग्मती नगरपालिका–५, टेकानीमा अन्दाजी २५ वर्षीया पूर्णिमा मोक्तान मृतावस्थामा भेटिएकी हुन् ।

वाग्मती–५, मोक्तानटोलकी उनी तीन दिनअघि घरबाट हराएकी थिइन् । खोजी गर्नेक्रममा शव फेला परेको हो । जंगलमा खाल्डो खनेर परालले पुरिएको अवस्थामा उनको शव फेलापरेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा करणीपछि हत्याको गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ