arrow

काँसमा भेटिएकी पूर्णिमाको निधारमा चोट देखियो : प्रहरी

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
purnima-moktan.jpg

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–५, राजघाट टेकानीमा एक महिलाको हत्या भएको छ । सोही ठाउँका हाजिरमान मोक्तानकी अन्दाजी २५ वर्षीया छोरी पूर्णिमा मोक्तानको हत्या भएको प्रहरीले जनाएको छ ।

यही पुस १८ गतेदेखि बेपत्ता महिलाको हत्या गरी फालिएको अवस्थामा सोमबार बिहान घर नजिकै बुढी बागमती खोलाको बगरमा काँसले छोपेको अवस्थामा शव फेला परेको हो । महिला हराएको सम्वन्धमा हिजो अपरान्ह ४ बजेतिर मात्रै परिवारले प्रहरीमा खबर गरेका थिए ।

घटनास्थलको आवश्यक अनुसन्धान गरी मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ । प्रहरीका अनुसार मृतक महिलाको निधारमा चोट देखिएको छ ।

महिलाको हत्याको घटनामा संलग्न रहेको आशङ्कमा राजघाट नै घर भएका एक बोलेरो गाडीका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रमुख (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए ।

 उनले महिलाको के कसरी हत्या भयो ? भन्ने सम्वन्धमा सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ