arrow

सादा पोशाकका घुमुवा टोली खारेज गरेपछि  ‘पर्फरमेन्स अडिट टिम’ गठन

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
Nepal-Police-new-tt.png

काठमाडौं । काठमाडौँ उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक सेवा चुस्त बनाउँदै अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको छ । 

कार्यालय मातहतमा रहेका सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनको अन्तरालमै कार्यालयले मातहतका प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि यसरी टोली गठन गरेको हो । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्याङ्कन गर्नेगरी प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए । 

प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गठन भएको उक्त टोलीले सादा पोशाकमा समेत आवश्यकताअनुसार छड्के जाँच गर्नसक्ने अधिकार दिइएको छ ।

पछिल्लो समयमा महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि उनले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षामा अब्बल भएर काम गर्न निर्देशन दिँदै रात्रि सुरक्षासमेत चुस्त पारेका हुन् ।

­­­­­­



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ