arrow

तीन दिनसम्म मौसम सफा नहुने

काठमाडौंमा पानी पर्दैन, तराईमा घाम लाग्दैन 

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
ktm-bad-weather.jpeg

काठमाडौं । पश्चिमी न्यून चापीय प्रभाव सक्रिय रहेका कारण नेपालको मौसम सफा हुन अझै चार दिन लाग्ने भएको छ । 

मौसमविद् शान्ति कँणेलका अनुसार यो प्रभाव तीन दिन नेपालमै रहने छ । यसका कारण मौसम बिहीबारसम्म सुधार हुने छैन । 

उनका अनुसार काठमाडौंमा मंगलबार बिहान हुस्सु लागेको छ । बादल छ । त्यस्तै तुसारो पनि रहेको छ । 
 
पश्चिममा बदली रहेको छ भने पूर्वमा आंशिक बदली रहेको छ । पश्चिममा उच्च हिमाली तथा पहाडीमा हिमपात हुनेछ । 
तराईमा वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बदली रहेको र वर्षाको सम्भावना कम रहेको पनि मौसमविद् कँडेलले बताइन् । 
 
पश्चिममा भने मंगलबार घाम नलाग्ने उनले पूर्वानुमान गरिन् । 

कस्तो छ काठमाडौंको तापक्रम
काठमाडौंको न्यूनतम तापक्रम मंगलबार बिहान ४.२ डिग्री सेल्सियस रह्यो । सोमबारको तुलनामा यो बढी हो । 

सोमबार एकाएक तापक्रम घटेर १.६ डिग्री पुगेको थियो । भिजिबिलिटी भने २ किलोमिटरमात्र रहेको छ । यो क्रम अझै घट्न सक्ने बताइएको छ । 

कम भिजिबिलिटीका कारण हवाइ उडानमा समस्या हुन सक्ने देखिएको छ । तराईका उडानमा पनि समस्या हुन सक्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ