arrow

उपत्यका र तराईमा घाम लाग्ने छैन, वर्षा हुनेछ 

पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
weather.jpg

काठमाडौं । हाल देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

पूर्वी पहाडी बेल्ट बाहेक अन्यत्र सामान्य अवस्था रहेको भन्दै मौसमविद् समीर श्रेष्ठले दिउँसो पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने बताएका छन् ।  

त्यस्तै पश्चिमी न्यून चापीय प्रभावले गर्दा काठमाडौं उपत्यकामा बुधबार घाम लाग्ने छैन । तराई भेगमा पनि घाम नलाग्ने श्रेष्ठले बताएका छन् । 

काठमाडौंमा साँझसम्म बर्षा हुने र तराईमा पनि वर्षा हुने उनले बताए । 

न्यूनतम तापक्रम काठमाडौंमा बिहान ७ डिग्री सेल्सियस रह्यो । भिजिबिलिटी काठमाडौं उपत्यकाको १.५ किलोमिटर रहेको छ । यो क्रम अझै घट्न सक्ने बताइएको छ । 

यसले विमान उडानमा समस्या हुने देखिएको छ । 

बिहीबार पनि मौसम बिग्रने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबारदेखि मौसममा सुधार आउने जनाएको छ । 

मंगलबार पनि देशका विभिन्न भागमा वर्षा भएको थियो । 

मंगलबार अधिकतम तापक्रम सबैभन्दा बढी जनकपुरमा २३.५ र अधिकतममा न्यूनतम जुम्लामा ९.४ डिग्री सेल्सियस रह्यो । 

त्यस्तै न्यूनतममा सबैभन्दा बढी नेपालगञ्जमा १०.६ डिग्री तथा न्यूनतम जोमसोममा माइनस १ डिग्री रह्यो । 

जुम्लामा १०.१ मिलीमिटर वर्षा भयो । दिपायल, डडेलधुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, भैरहवा लगायतमा वर्षा भयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ