arrow

काल्पनिक सपना बाँड्दा जनता निराश भए – प्रवक्ता शर्मा 

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
bishwa.png

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले पूरा नहुने काल्पनिक सपनाहरू बाँड्दा जनता निराश भएको बताएका छन् । 

नेपाल टेलिकम वर्कर्स युनियन काठमाडौं क्षेत्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो विचार राखेका हुन् । 

शर्माले सरकार पानी जहाज र रेलको कुरा गर्ने तर जहाज र रेलमा चढ्ने नागरिकको आर्थिक स्तर माथि उठाउने कुरा बिर्सेकाले कांग्रेस अग्रसर हुनु पर्ने बताए । 

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार मात्र नभई राज्य संरचना नै श्रमिकलाई अप्ठ्यारो बनाउन लागिरहेकोले प्रतिपक्ष दल र ट्रेड युनियन चनाखो हुनु पर्ने बताए ।

दुई दिनसम्म चल्ने प्रशिक्षण काठमाडौ क्षेत्रीय समितिका अध्यक्ष अच्चुत ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ