arrow

इनिस्पेक्टरलाई घुस दिने सातजनाविरुद्ध मुद्दा दायर

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
specialcourt-shikharnews.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षक (इनिस्पेक्टर)लाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव  नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं र गङ्गाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध उक्त अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन वडा सचिव मिश्रलाई रु दुई लाख सेवाग्राहीसँग घुस लिएको प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन रु १५ हजार असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भङ्ग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत रु १५ हजार उपलब्ध गराएकाले घुसबापत दिए-लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबीसहित आरोपपत्र दायर आयोले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ