मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन राप्रपाको माग
प्रकाशित २०७६ पुष २४ बिहिबार
600
Shares
काठमाडौं । बढ्दो अमेरिका- इरान तनावलाई लिएर राप्रपाले नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बिहिबार राप्रपा अध्यक्ष एवं पार्टीका अन्तराष्ट्रिय सम्बन्ध बिभाग प्रमुख कमल थापाको अध्यक्षतामा बसेको बैठकले हाल मध्यपूर्वको विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा अहिले देखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकमा पछिल्लो अन्तराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समिक्षा र विश्लेषण तथा विभागको भावि कार्यक्रमको खाकाको बिषयमा छलफल भई निर्णय गरिएको राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग सदस्य सचिव प्रा.डा.गीताभक्त जोशीले बताए ।