arrow

अरु सबै सकिएर श्री ६ र श्री ५ को जय भन्ने मात्रै टिक्छन् : गगन थापा

नेकपा र अखिलका साथीले पनि बुझे हुन्छ, ' भीम रावल र रामकुमारी झाक्री पनि पक्राउ पर्छन'

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
gagan17.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगन थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेको बताए ।

'विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’ सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे ।

विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’ यस्तै उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए ।

यो विधेयकका विरोध पारित हुन नदिन संसदमा र सडकमा लड्ने उनले बताए।

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताएका थिए ।

उनले भने, ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरुद्धले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ ।’ साथै उनले नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी दिए ।

नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, प्रतिमा गौतम, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्ब सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ