arrow

युद्धलाई बढावा नदिन अमेरिका र इरानका शासकलाई आग्रह

युद्धको विरोधमा कविहरु

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
pahadi.JPG

काठमाडौं ।  मानव अधिकार तथा शान्ति  समाजका संस्थापक सभापति कृष्ण पहाडीले अमेरिका र इरानबिच बढ्दो तनाव र आरोप प्रत्यारोपप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।  ८६ औँ शान्ति काव्य प्रवाह कायर्यक्रममा बोल्दै संस्थापक सभापति पहाडीले युद्धलाई वढावा दिने कुनै पनि कदम नचाल्न अमेरिका र इरानका शासकहरुलाई आग्रह गरे ।

अमेरिकी र इरानी जनताको शान्तिको अधिकारको सम्मान गर्न दुवै पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिदै पहाडीले यस्तो संकटको बेला राष्ट्रसंघ जस्ता साझा संस्थाले संकट समाधानका लागि गहकिलो योगदान गर्न आग्रह गरे ।

काव्य प्रवाहमा सभापतिको आसनबाट बोल्दै समाजका सभापति उत्तम पुडासैनीले स्वतन्त्रतामाथि निर्घात प्रहार गर्ने गरी संसदमा विधेयकहरु प्रस्तुत हुन थालेकोप्रति आपत्ति व्यक्त गर्दै त्यस्ता विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन सरकारलाई आग्रह गरे । पुस अन्तिम सातामा सम्पन्न काव्य प्रवाहमा कविहरुले नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरण पनि गरेका थिए ।

केन्द्रिय सदस्य नम्रता खरेलले  सञ्चालन गरेको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, रत्ननीधि रेग्मी, मदनराज थापा, डा. बमबहादुर थापा जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, मञ्जुश्री प्रधान, शान्ति शर्मा, पुष्पा धमला, पुनम घिमिरे, बिमला दाहाल, प्रकाशमणी दाहालले कविता सुनाएका थिए ।

साथै राजेन्द्र प्रसाद ढुंगाना, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, शिवराम खड्का, प्रकाश बस्नेत गफाडी, दुर्गा किरण तिवारी, त्रिपुरा पौडेल, कुसुम शर्मा, सीता बराल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, जनार्दन अधिकारी, निर्मल पराजुली, डिल्लीप्रसाद मूलतिहुन, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुंगेल, शान्ति नारायण श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, लालबहादुर भुजेल, सागर भट्ट, किशोर श्रेष्ठ, सहित ४४ जना कविहरुले कविता वाचन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ