arrow

नेकपाकै सांसदलाई समेत धम्क्याउँछन् सञ्चारमन्त्री बास्कोटा

संचार मन्त्री बास्कोटाको भ्रष्टाचार शृंखलाः सेक्युरिटी प्रेस र फोरजीमा २३ अर्ब नीतिगत भ्रष्टाचार

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
gokul-baskota1.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट मानिने  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका भ्रष्टाचार शृंखला मिडिया र सामाजिक संजालमा यत्रतत्र आइरहेका छन् ।

कम्युनिष्ट सरकार आएपछि सुरक्षण मुद्रण(सेक्युरिटी प्रेस), फोरजीको ठेक्का र स्याटेलाइट जडानमा अरबौं भ्रष्टाचारका तानाबाना बुनिए ।  

सुशासनको कुरा गर्ने तर ब्यवहारमा अरबौं नीतिगत भ्रष्टाचारमा यसअघिका सरकारलाई ओली सरकारले उछिनेको छ ।

सूचना तथा संचार मन्त्रालयले जीटुजीका नाममा सेक्युरिटी प्रेस खरिदमा ११ अर्ब रुपैयाँ भ्रष्टाचार गर्न लागेको लेखासमितिमै छलफलका क्रममा उठिसकेको छ ।

नेपाल टेलिकमको फोरजीको ठेक्काका क्रममा १२ अर्ब भ्रष्टाचार भएको तथ्य यसअघि अर्थ समितिको छलफलमा उठ्यो । नेकपाकै सांसद रामकुमारी झाँक्रीले उक्त कुरा उठाएकी थिइन् ।

नेपाल टेलिकमले १८ अर्ब रुपैयाँमा जति वटा जिल्लामा फोरजीको ठेक्का दिएको छ, त्यति जिल्लामा एनसेलले १ बर्षअघि ६ अर्बमा फोरजी जडान गरेको थियो । एक बर्षमा जति बृद्धि हुँदा पनि १ अर्ब २ अर्ब बढ्न सक्ला तर १२ अर्ब भन्दा बढीमा टेलिकमले चीनको हुवावेलाई ठेक्का दिई नीतिगत भ्रष्टाचार गरेको छ ।

अर्थसमितिले फोरजीको ठेक्कामा भएको अनियमिततामा छलफल गरेपछि समितिका सभापति कृष्णप्रसाद दाहाललाई बोलाएर मन्त्री बाँस्कोटाले यसरी धम्की दिए कि उनले पुनः उक्त बिषय उठाउने साहस गरेनन् । २०७०मा सांसद बन्न नदिएको, केन्द्रीय सदस्यमा हराएका कुरा स्मरण गराउँदै फोरजीको बिषयमा फेरि समितिमा छलफल गरे सभापति पदमा अर्कै कसैलाई ल्याउने धम्की उनले दिएपछि दाहाल हच्किए ।

अर्थ समितिका सभापति दाहाललाई मन्त्रीले बोलाएर तर्साएपछि भ्रष्टाचारका बिषयमा संसदका सुशासन समिति, विकास समिति, अर्थ समितिले कुनै पनि छलफल गर्न आँट नै गर्न सकेनन्, नेकपाका एक सांसद भन्छन्, संसदका समिति मिनी संसद भएकाले अप्ठेरो पार्न सक्ने देखेर सभापति चयन गर्दा नै प्रधानमन्त्री ओलीले कमजोरहरुलाई मात्र छानेको कुरा अहिले आएर पुष्टी भएको छ ।

लेखासमितिमा विपक्षी पार्टीको सांसद हुनुपर्ने ब्यवस्था भएकाले त्यो समितिका सभापति भरत साहलाई भने मन्त्री बास्कोटाले हप्काउन सकेका छैनन् । लेखासमितिको बैठकबाट सेक्युरिटी प्रेसको ११ अर्ब भ्रष्टाचार छताछुल्ल भएपछि मन्त्री बाँस्कोटाले बिचौलियालाई विज्ञको रुपमा राखेको भन्दै प्रायोजित समाचार लेख्न लगाउन थालेका छन् । तर एकातिर टाल्यो अर्कोतिर भ्वाङ परेजस्तै उनले ११ अर्बमा पाइने सेक्युरिटी प्रेस २३ अर्ब रुपैयाँमा खरिद गर्ने तयारी गरेको कुरा सार्वजनिक भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ