arrow

मौसम सफा, ७२ घण्टा ढुक्क

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
weather11.jpg

काठमाडौं । नेपालमा अहिले कुनै पनि प्रणाली सक्रिय नभएको भन्दै मौसम पूर्वानुमान महाशाखाले मौसम सफा रहेको बताएको छ । 

वरिष्ठ मौसमविद् राजु प्रधानांगले काठमाडौं उपत्यका लगायतका देशका अधिकांश भागमा मौसम सफा रहेको बताएका छन् । 

तर बिहान १० बजेसम्म पनि काठमाडौंको मुहार खुल्न अप्ठेरो भइरहेको थियो । बिहानको भिजिबिलिटी २ किलोमिटर रहेको थियो ।

तराईमा हुस्सु लागिरहेको छ । दिउँसोदेखि हुस्सु र कुहिरो हट्ने दावी प्रधानांगको छ । उच्च हिमाली भेगमा फाटफुट हिमपात भएको छ । 

प्रधानांगले भने, ‘बिहीबारसम्म पश्चिम न्यूनचापीय प्रणाली रहेकामा शुक्रबार त्यस्तो देखिँदैन । ७२ घण्टासम्म मौसम सफा रहने छ ।’ 

तापक्रम–
काठमाडौं उपत्यकाको बिहान न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो । डडेलधुराको न्यूनतम तापक्रम सबैभन्दा कम ०.१ डिग्री रहेको थियो । 

अधिकतम तापक्रम सबैभन्दा बढी सिमरामा २३ डिग्री सेल्सियस रहने जनाइएको छ । डडेलधुराको अधिकतम ४ देखि ६ डिग्रीसम्म रहने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ