arrow

इन्जिनियरिङ पढ्दै गरेका महतोलाई बाटोमै राखेर टिपरले किचेर मारियो, स्थानीयद्वारा प्रदर्शन

'खोलामा अवैध तस्करी रोक्न जाँदा दिलिपलाई टिपरका चालक र सहचालकले कुटपिट गर्दै टिपरले किचे'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २५ शुक्रबार
tiper3.jpg

धनुषा । धनुषामा टिपरले किचेर एक युवकको ज्यान लिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई टिपरले किचेर मारेको प्रहरीले जनाएको छ ।

युवक महतोलाई ना.७ ख ६४१३ नम्बरको टाटा हाइवा टिपरका चालकले श्रीपुरस्थित औरही खोला छेउमा कुटपिट गर्दै बाटोमै जबरजस्ती राखेर किचेको  स्थानीयले बताए।

शुक्रबार  विहान करिव सवा ४ बजेका  समयमा औरही खोलामा अवैध रुपमा ग्रिट्टि उठाइ रहेका  बेला रोक्न जाँदा दिलिपलाई टिपरका चालक र सहचालकले कुटपिट गर्दै टिपर हिँडने बाटोमै राखेर जबरजस्ती किचेका दिलिपसँगै गएका साथी  रोशन कुमार यादवले बताएका छन  ।

घटना लगतै ईलाका प्रहरी कार्यालय ढल्केवरबाट गएका टोलीले शवउठाएर पोष्टमार्टमका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा  पठाएको छ । खोलामा अवैध उत्खनन रोक्नजाँदा टिपरले दिलिपलाई किचेर हत्या  गरेको एक स्थानीयले बताए ।

यता ईलाका प्रहरी कार्यालय ढल्केवरका ईन्सपेक्टर रामकुमार यादवका अनुसार खोला छेउमै रहेको क्रसर उद्योग नजिकै अवैध ग्रावेल उत्खखन रोक्न खोज्दा टिपरले जानी जानी किचेर हत्या गरेका  बताउँदै घटनाको विषयमा छानविन सुरु गरिएको बताए ।

यसैबीच दिलिपलाई किच्ने टिपर र चालकलाई नियन्त्रणमा लिएको ईन्सपेक्टर यादवले जानकारी दिए। यता दिलिपलाई टिपेरले जानी जानी किचेर हत्या गरेको भन्दै स्थानीय बासिन्दाहरु घटनाको विरोधमा अहिले पूर्व पश्चिम राजमार्ग श्रीपुरको रामलक्ष्मण चौकमा चक्का जाम गर्दै प्रदर्शन गरिरहेका छन।

टिपरले किचेर हत्या गरेको दिलिप मिथिला नगरपालिका वडा  नम्बर ५ श्रीपुर बस्ने रामजीवन महतोका छोरा हुन।

मृत्तक दिलिप भनिने ओमप्रकाश महतो भारतको भुपालमा मेकानिकल इन्जिनियरिङ पढ्दै थिए । घटनापछि अहिले मृत्तक दिलिपको परिवारसहित पुरा गाउँनै अहिले शोकमा डुबेका छन ।

आक्रोशित स्थानीयबासीहरु राजमार्गमा चक्का जाम गर्दै प्रदर्शन गरिरहेका छन् । चक्का जामको कारण अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध छ, भने सयों सवारीसाधन रोकिएका छन् । यता  दर्जन भन्दा बढी आसु ग्यास प्रहरीले प्रयोग गरेका  ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ