arrow

खम्बुवानको कार्यालयमा आक्रमण गर्नेले मूल्य चुकाउनुपर्ने

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
khumbuwan1.jpg

धरान । संघीय खम्बुवान लोकतान्त्रिक पार्टीको धरानस्थित केन्द्रीय कार्यालय तोडफोड भएको छ । धरान–११ स्थित चौतिसघरे टोलमा अवस्थित कार्यालय स्थानीय युवाहरुले तोडफोड गरी क्षति पुर्‍याएको पार्टीले जनाएको छ ।

पार्टीका महासचिव राजकुमार खम्बुका अनुसार विहीबार दिउँसो करिब ५ बजेको समयमा आएका केही युवाले पार्टी कार्यालय तोडफोड गरी भागेका थिए ।

उनका अनुसार मकालु युवा क्लबका अध्यक्ष भोला विक, उदयपुरे समाजका यामकुमार राई, आकास राई नेतृत्वका युवा समूहले कार्यालय तोडफोड गरेका थिए । कार्यालयमा कोही नभएको समयमा उनीहरुले तोडफोड गरेका थिए ।

तोडफोडबाट पार्टीको होर्डिङ बोर्ड, कार्यालय भवन र पिलरमा क्षति पुगेको छ । यद्यपि, मानवीय क्षतिचाहिँ भएको छैन । ‘यो खम्बुवानमाथिको नियोजित आक्रमण हो’, उनले भने, ‘यसखाले घटनाको जति भत्र्सना गरेपनि कम हुन्छ र यसको मूल्य उनीहरुले चुकाउनु पर्नेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ