arrow

एसपीदेखि डीआइजीसम्म २३ पद रिक्तः आइजीपी खनालको कार्यकालमा बढुवा नगर्ने सरकारको दाउ

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
police-head-Q.jpeg

काठमाडौँ । नेपाल प्रहरीमा १ डिआइजी, ८ एसएसपी र १४ एसपीको दरबन्दी रिक्त छ । एसपी पद रिक्त भएको ७ महिनासम्म बढुवा रोकेर राखियो । 

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनका एसपी चन्द्रकुवेर खापुङ बढुवा भएको ३ बर्ष नपुगेका कारण एसएसपी बढुवा नै ७ महिना रोकेको आरोप छ । 

नेपाल प्रहरीको नियमावलीमा बढुवा भएको ३ बर्ष पुगेपछिमात्र अर्को पदमा पदोन्नति हुने प्रावधान छ । खापुङ एसपी बढुवा भएको पुसमा मात्र ३ बर्ष पुगेकाले बढुवामा उनलाई पार्न सकिने भएकाले अब बढुवा हुनेछ । 

नेपाल प्रहरीका डिआइजी महेशविक्रम शाह ३० वर्षे सेवाअवधिका कारण २०७६ पुस २३ मा अवकाश भएपछि एक पद रिक्त भएको हो ।

मोतिलाल बोहराका पालामा महेशविक्रम शाह व्वाइजमा जागिर खाएकाले आइजीपी सर्वेन्द्र खनालभन्दा एक महिनाअघि उनी अवकाश भएका हुन् । उनको अवकाशसँगै एक डिआइजी रिक्त भएको छ । 

त्यस्तै ८ एसएसपी र १४ एसपी रिक्त छन्  । सर्वोच्च अदालतले प्रहरीभित्र लामो समयसम्म पद रिक्त राख्न नहुने नजिर बनाइसकेको भए पनि त्यो आदेश पालना हुन सकेको छैन भन्ने अहिले रोकिएको बढुवाले प्रष्ट पारेको छ । 

प्रहरी नियमावलीमा समेत पद रिक्त भएपछि ३ महिनाभित्रमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था गरेको छ तर यो कुरा प्रहरीमा लागु भइरहेको छैन । त्यसैले पनि पदहरू रिक्त हुनु र समयमा नै बढुवा नहुँदा माथि जाने अफिसरलाई ठूलो बाधा पर्दै आएको छ ।

यो विगतदेखि नै प्रहरी संगठनभित्रको रोगको रूपमा स्थापित छ । आगामी माघ २८ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनको २२ जनाको समूह ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् । आइजीपी खनाल आफू अवकाश हुनुपूर्व प्रहरीका रिक्त पदहरूमा पदपूर्ति गर्न चाहिरहेका छन् । 

आफ्ना निकट पनि एकाध अधिकृतलाई बढुवा गर्ने चाहना उनमा पनि छ । तर, गृहसचिव प्रेमकुमार राई र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत अवकाशका मुखमा रहेका आइजीपी खनाललाई बढुवा गर्न नदिने सोचमा रहेको बुझिएको छ । उनी भइन्जेल बढुवा रोकिने गृहमन्त्रालय स्रोतले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ