arrow

सभामुख चयन प्रक्रिया अघि नबढाइएकोमा कांग्रेसको आक्रोश

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिएको छ। कांग्रेसले तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराएको छ।

आइतबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित हुनु दु:खद बिषय भएको बताएका छन्। नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ।

'संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर तीन महीनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ' विज्ञप्तिमा उल्लेख छ।

दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई बनाइएकोमा आपत्ति !

प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दु:खद छ। नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ। 

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ। तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ।

स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउंदछ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ