arrow

सञ्चार सहकारीमा प्रदीप चापागाई

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
sanchar-cooprative-pradip.jpg

काठमाडौं। सञ्चार वचत तथा ऋण सहकारी संस्था प्रालिको पाँचौ अधिवेशनले प्रदीपकुमार चापागार्ईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सो सहकारीको आज भएको अधिवेशनले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल र सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्धवारिका काफ्ले बताएका छन्।

उक्त सहकारीको सल्लाहकारहरुमा सहकारीका संस्थापक अध्यक्ष विष्णु निष्ठुरी, पूर्व अध्यक्ष तथा राससका पूर्व महाप्रबन्धक निर्मला आचार्य तुलाधर रहेका छन्। संस्थापक अध्यक्ष निष्ठुरीका अनुसार पत्रकारहरुले कमाएको थोरै थोरै बचत गरेर सञ्चार क्षेत्रमै लगानी गर्ने र पत्रकारलाई सानो सानो रकम खोज्ने अन्त जानु नपर्ने उद्देश्यले सञ्चार सहकारीको स्थापना गरेको बताए।

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सीप विकास र क्षमता अधिवृद्धि गर्ने र सानोतिनो गर्जो टार्ने उद्देश्यले स्थापना भएको सो सञ्चार सहकारीको १९४ सदस्यहरु रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ