arrow

टाउको कुल्चाएर गरिएको हत्याको आयोगद्वारा ध्यानाकर्षण, मानव अधिकारको टोली घटनास्थलमा

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
Nepals-National-Human-Rights-Commission.jpeg.jpeg

काठमाडौं ।  धनुषाको मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियन्ता एवं मानव अधिकार रक्षक ओमप्रकाश महतोको शुक्रबार धनुषाको औरही खोलामा ट्रिपरले टाउकोमा कुल्चाएर हत्या भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाएको छ ।

घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं. २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।  घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लंघन भएको छ । स्वच्छ वातावरणको अधिकार मानव अधिकारको महत्वपूर्ण विषय हो । वातावरणको अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हुन्छ । हिंसा तथा कसैको जीवन नै समाप्त गरेर समस्याको समाधान हुन सक्दैन भन्नेमा आयोग विश्वस्त छ ।

यस सन्दर्भमा वातावरण संरक्षण अभियन्ताहरुको टोलीले आयोगमा आज ज्ञापन पत्र बुझाएका छन् । घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरि दोषीलाई कानूनी कारबाहीको माग गर्दै उनीहरुले आयोगका माननीय अध्यक्ष अनूप राज शर्मा समक्ष ज्ञापन पत्र बुझाएका हुन् । सो क्रममा आयोगका माननीय अध्यक्ष अनूप राज शर्माले उक्त घटना दुःखद् रहेको बताए। घटनाको कानूनी प्रक्रियाबारे आयोगले नजिकबाट अनुगमन गरिरहेको र वातावरणको अनधिकृत दोहन सम्बन्धमा प्रतिवेदन प्राप्त भैसकेपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।     

आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरि दोषीलाई कानून बमोजिम कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको लागि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ